कांग्रेस अर्घाखाँचीको आयोजनामा २ दिने बृहत प्रशिक्षण कार्यक्रम सुरु


सागर महत ,अर्घाखाँची।
पुर्व उपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिने भन्ने विषय कागजमा मात्र सिमित भएको बताउनुभएको छ । अधिकार प्राप्तको लागि सबै भन्दा तल्लो तहको सरकारबाट अर्थात २०८४ सालको निर्वाचनमा वडा अध्यक्षमा महिलाहरुलाई अनिवार्य समावेश गराउन पर्ने आवश्यक रहेको बताउनुभएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आजदेखि सुरु भएको नेपाली कांग्रेस अर्घाखाँची शाखाको जिल्ला स्तरीय वृहत प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै भुसालले यस्तो बताउनुभएको छ ।यस्तै अहिलेका जनता धेरै परिवतीत भएकाले सोहि बमोमजिम काम गर्ने समय आएको बताउनुभएको हो ।
कांग्रेस सुधारको लागि गुटउपगुटको अन्त्य हुनु पर्ने विषमा समेत केन्द्रिय सदस्य भुसालले जोड दिनुभएको थियो। नेपाली कांग्रेस ,लुम्बिनी प्रदेश सभापती अमर सिंह पुन युवा नेता देवराज चालिसे आज प्रशिक्षण दिनुभएको छ ।
संगठन सुधारको लागि भोली सम्म चल्ने प्रशिक्षणमा ,कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, लगायतका नेताहरुले भोली प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।यस्तै यो अभियानले सबैको चाहाना अनुसार संचालन गरिएकाले परिणाम मुखी हुने अपेक्षा राखिएको छ ।
सन्धिखर्क १ संगम फुडल्यनमा भएको कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ ,सहमहामन्त्री विष्णु खनाल, जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापती, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, निर्वाचित जनप्रतिनिधी, उम्मेद्वारका आकांक्षी, महाधिवेशन प्रतिनिधी लगायतको सहभागी रहेको प्रशिक्षण विभागका संयोजक तथा उपसभापती बिष्णु भुसालले जानकारी दिनुभयो ।कार्यक्रम सचिव कृष्ण खनालको संचालनमा सुरु भएको हो ।
कमेन्ट गर्नुहोस !