पेट्रोल र डिजलको मुल्य घट्यो

काठमाण्डौ । पेट्रोलियम पदार्थको भाउ घटेको छ ।नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १सय७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १सय६८ रुपैयाँ पर्नेछ ।भारतबाट भाउ घटबढ भएका आधारमा नेपालमा पनि घटबढ हुनेगरी निगमले स्वचालित मूल्य प्रणाली लागू गरिरहेको छ ।
कमेन्ट गर्नुहोस !