अर्घाखाँचीको छत्रदेवमा ट्याक्टर दुर्घटना एकको मृत्यु

सन्धिखर्क।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा आइतबार साँझ भएको दुर्घटनामा परि सहचालक पाणिनी गाउँपालिका वडा नम्बर ८बस्ने २० वर्षिय थम्मन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३त २९९२ नम्बरको ट्याक्टर सडक देखि २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका कुमालको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिनुभयो ।

यस्तै सोहि दुर्घटनामा परि छत्रदेव गाउँपालिका ७ का १९ वर्षिय सागर कुमार सामन्य घाइते भएको जनाएको छ ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close