सन्धिखर्क नगरपालिकाको आयोजनामा सुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा पारेर नगरपालिकाले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ चाडपर्वमा आफुमा जे छ त्यसैमा रमाउन सिक्नु पर्ने बताउनुभयो ।भैपरी आउने घटना क्रममा सबैले सहयोगी भावना राख्नु पर्ने विषयमा पनि जोड दिनुभयो । जनप्रतिनिधी र कर्मचारिहरुविच भाईचारा कायम गर्नको लागि कार्यक्रमले महत्वपुर्ण भुमिका पनि खेल्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगर उपप्रमुख मिश्रा आचार्यले हरेक क्षेत्रका परिवर्तन सम्झनु पर्ने बताउनुभयो ।चाडपर्वहरुलाई भडकिलो नबनाई आफनो संस्कृतिको जगेर्ना गर्ने गरि मनाउनुपर्ने बताउनु भएको हो ।

नगरपालिका सस्थापक उपप्रमुख ठाकुर कुमार बिक (किसोर)ले अबको विकास एजेण्डा भनेको आम नागरिक सम्म पुग्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रसाकिय अधिकृत खुमलाल भुसाल,वडा नम्बर २ का वडा अध्यक्ष मतीजंग रायमाझी,पत्रकार महासंघका अध्यक्ष अशोक खनालले सुभकामना मन्तव्य राखेको कार्यक्रम नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता नगर कर्मचारी मुक्तीराम खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close