विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई हरायो

काठमाण्डौ ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई १ सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १सय२९ रन बनाएर अलआउट भयो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । जितसँगै भारतले १२ अङ्क जोडेको छ । अहिलेसम्मका खेलमा अपराजित रहेको भारत ६ खेलमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा छ । १० अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close