खेल क्षेत्रको विकासको लागि स्थानीयतह पनि जिम्मेवार हुनुपर्छःसमन्वय प्रमुख कोइराला

सन्धिखर्क ।अर्घाखाँचीमा चौथो AYC अन्तरपालिका रनिङशिल्ड भलिबल प्रतियोगिता बिहिबार देखि सुरुभएको छ । प्रतियोगितको उद्घाटन गदै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले भलिबल खेलले स्थानीय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो।अर्घाखाँची युवा परिषदले आजदेखि सन्धिखर्कको टुँडिखेलमा संचालन गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको भएको हो ।यस्तै पालिकाले पनि खेल क्षेत्रको विकासको लागि सोहि अनुसारको बजेट व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो ।
पछिल्लो समय खेल क्षेत्रमा बढ्दो आकर्षणलाई पालिकाहरुले बजेट विनियोजन गर्दा सोहि अनुसार गर्नेमा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्लले प्रतिवद्वता जनाउनुभएको हो । कार्यक्रममा भुमिकास्थान नगरपालिका झविलाल थापा,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य,भुमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडे,मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोखरेल,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,सन्धिखर्क नगरपालिका पुर्व नगरप्रमुख कमलप्रसाद भुसाल,पुर्व भुमिकास्थान नगरप्रमुख रेशम थापा लगायतको सहभागी रहेको उद्घाटन कार्यक्रम युवा परिषदका अध्यक्ष काजी श्रेष्ठको अध्यक्ष महासचिव प्रकाश भुसालको संचालनमा सम्पन्न भएको हो ।

यस्तै बिहिबार पहिले खेलमा शितगंगा नगरपालिकाले मालारानी गाउँपालिकालाई २—०को सोझो सेटमा शितगंगा नगरपालिकाले जित हात पारेको छ।
यस्तै दोस्रो खेलमा सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिका बिच भएको खेलमा पाणिनी गाउँपालिकाले २— १ मा सन्धिखर्क नगरपालिकालाई पराजित गदै विजय भएको हो ।यस्तै आज बिहान ८ बजेदेखि खेल सुरु हुने छ ।प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ,दृतियलाई ३० हजार र तृतियलाई हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ। यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close