अर्घाखाँचीः कांग्रेस सम्मेलनमा महामन्त्री थापा र केन्द्रिय सदस्य भण्डारी आउँदै

सन्धिखर्क ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक बिपि स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले नेपाली काङ्ग्रेस अर्घाखाँची को जिल्ला सम्मेलन मंसिर ८ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको छ । सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा. केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्कमा हुने सम्मेलमा सहभागी हुन आउने बैठक पार्टी सभापति केसब श्रेष्ठको सभापतित्व सचिव कृष्णप्रसाद खनालको संचालनमा सम्पन्न भएको कांग्रेस प्रचार विभाग प्रमुख सुर्य प्रसाल भुसालले जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न गर्न पार्टि सभापति केसव श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरिएको भुसालले जानकारी दिनुभयो । बैठकले जाजरकोट रुकुममा भुकम्प का कारण ज्यान गुमाउनेहरु प्रति समवेदना ब्यक्त गर्दै राहत र उद्दार लाई प्रभाककारि बनाउन सरकार संग माग गर्ने भएको छ ।
कमेन्ट गर्नुहोस !