अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ।आइतबार(आज) सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो।
प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस !