सन्धिखर्कमा एक महिला मृत फेला

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा एक जना महिला मृत फेला परेकी छन।नगरपालिकाको वडा नम्बर १० बारबारने कि ४८ वर्षिय कल्पना जि.एम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
हिजो राती १०बजे खाना खाएर सुत्न गएकोमा आज बिहान ९बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिनुभयो ।मृतक जि.एमले प्रेसर र थाईराईड औषधि सेवन गदै आएको बताएको छ।यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस !