अष्ट्रेलियाले विश्वकपको उपाधि जित्यो,भारत पराजित

काठमाण्डौ ।भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।  फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो ।यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो ।

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २सय४१ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २सय४० रन बनाउन सक्यो ।

रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो ।

१० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो।अस्ट्रेलियाले यसपटकको सहित गरेर छैटौँपल्ट एकदिवसीय विश्वकप जितेको कीर्तिमान पनि बनाएको छ। यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसीय क्रिकेटको विश्वकप जितेको थियो।

सुभकामना

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close