युवा संघ नेपाल र प्रसाईं समुहको कार्यक्रममा माइतीघर मण्डलादेखि बानेश्वरसम्म सभा, जुलुस गर्न रोक

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।यो क्षेत्रमा आजदेखि नै लागुहुने गरी एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईं समुहले एकै दिन सो क्षेत्रमा कार्यक्रम गर्ने चर्चापछि जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि बानेश्वरसम्म को सडक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।
एक वा भन्दा बढी समुहले एकै स्थानमा जुलुस तथा सभा आयोजना गर्ने तयारी गरेपछि शान्ति सुरक्षाका लागि सो ठाउँमा जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता कार्यक्रम गर्न नपाइने भएको छ ।
कमेन्ट गर्नुहोस !