अर्घाखाँचीका सबै पालिकामा भोली(बिहिबार)सार्वजनिक बिदा

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीका ६ वटै पालिकाले भोली हरिबोधनी एकादशीको अबसरमा (बिहिबार) सार्बजनीक विदा दिएका छन । जसअन्तर्गत सन्धिखर्क नगरपालिका ,शितगंगा नगरपालिका ,भुमिकास्थान नगरपालिका ,मालारानी गाउँपालिका ,छत्रदेव गाउँपालिका र पाणिनि गाउँपालीमा सार्वजनिक बिदा रहेको पालिकाहरुले निकालेको विज्ञप्तीमा उल्लेख छ ।


हिन्दुहरुको महान चाड हरिबोधनी एकादशीको अबसरमा सन्धिखर्क नगरपालिका त्रिवेणीधाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गर्दछन । यस्तै अन्य पालिकामा पनि देउसी भैले नाच्ने गर्दछन ।


हरि बोधनी एकादशीको अबसरमा वडा कार्यालय, शिक्षण सस्था, तथा स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा स्थानीय विदा दिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close