नाइजेरियामा सय जना गाउँलेको अपहरण

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा अज्ञात बन्दुकधारी समुहले सय जनालाई अपहरण गरेको छ ।

मोटरसाइकलमा आएका हतियारधारी समुहले नाइजेरियाको जान्फारा राज्यको एउटा गाउँमा प्रवेश गरी सय जनालाई अपहरण गरेको बीबीसीले जनाएको छ ।गाउँलेमाथि कर असुल्र्दै आएको बन्दुकधारी समुहलाई कर नतिरेको निहुँमा उनीहरुलाई अपरहरण गरेको बुझिएको छ ।

नाइजेरियाको जान्फारा राज्यमा बन्दुकधारी नेताको रुपमा रहेका दमना नामका व्यक्तिको नियन्त्रणमा रहेका समुहले उक्त राज्यको अधिकांश क्षेत्रमाथि कब्जा जमाइसकेको छ ।

नाइजेरियामा सुरक्षा सन्यत्र कमजोर बन्दा मौलाइएको विद्रोही समुहका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।नाइजेरियाको उत्तरमा जिहादी विद्रोही समुह र दक्षिणमा पृथकताबादी बिद्रोही समुह हाबी हुँदा किसान, र गोठालाहरु निशानामा पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close