गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बससँग मोटरसाइकल ठोक्कीएर रेसुङ्गा नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तम्घासबाट जेगिथुम तर्फ जाँदै गरेको लु ८७प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा एक आपसमा ठोक्कीएका हुन् । बससँग एक आपसमा ठोक्कीए घाइते भएका झाँक्रीको उपचारको क्रममा मृत्यु भएको हो ।
महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घर तर्फ जाँदै थिए ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close