अर्घाखाँचीमा पासोमा परि उद्वार गरिएको चितुवाको मृत्यु

सागर महत,सन्धिखर्क ।
अर्घाखँचीमा पासोमा परि उद्वार गरिएको चितुवाको मृत्यु भएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।त्यस लगतै डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरिएको थियो । सोमबार घाइते अवस्थामा फेला परेको चितुवा डिभिजन वन कार्यालयको खोरमा राखिएको चितुवाको विभिन्न ठाँउमा चोट लागेको थियो ।

चितुवालाई आज बर्दिया राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत यादव सापकोटाले बताउनुभयो।करिव ३० केजीको भाले चितुवा रहेको उहाँको भनाइ छ।पासो कसले थापेको विषयमा थप अनुसन्धान समेत भएको सहायक वन अधिकृत सापकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close