भारतमा सुरुङमा फसेका सबै ४१ जना कामदारलाई सकुशल बाहिर निकालियो

एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ ।

विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल भएपछि भारतीय सैनिकले विशेष मेसिनबाट भत्किएको भागमा पाइप पठाएर उद्धार गरेको हो ।

सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्ड सरकारले मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारसहित सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङविज्ञको साथ रहेको जनाएको छ । अहिले उनीहरूको स्वास्थ्यको जाँच भइरहेको छ ।

इञ्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा पठाइरहेका बेला उक्त पाइप फलामका बिम र मेसिनहरुसँग ठोक्किंदा कामदारहरु थुनिएका थिए । उक्त स्थान पुग्न नौ मिटर बाँकी रहँदा बोरिङ मेसिन भाँचिएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिदंै उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको प्रतिक्रिया दिनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close