विचार- प्रदेशको राजधानी तोक्दा, भूलौं निहित स्वार्थ

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल पवित्रभूमि लुम्विनीको नामबाट प्रदेश पाँचको नामकरण हुनु हामी सबै प्रदेशबासीहरुको लागि गौरवको बिषय हो । यसले हाम्रो प्रदेशलाई अन्तराष्ट्रियस्तरमा पनि चिनाउन मद्दत गर्दछ । हाम्रो प्रदेशको पर्यटन प्रबर्द्धन हुनुको साथै समग्र विकास प्रक्रियामा महत्वपूर्ण अवसर बन्न सक्छ ।यस बिषयलाई धेरै विवादित बनाउन हुदैन ।

प्रदेश राजधानीका सन्दर्भमा बुटवल आफैमा ऐतिहासिक र स्थापित शहर हो । भौतिक ,पर्यटन, औधोगिक लगायतका पूर्वाधारहरुका विकासले निरन्तर गति लिदैछ । आसपासका जिल्लाहरुबाट बसाईसराई गर्ने क्रमले भविष्यमा जनघनत्वमा अत्यधिक बृदिले बुटवल सहर लगायत आसपासका क्षेत्र कुरूप भई अव्यवस्थित सहर बन्ने खतरा छ । सहरको सुन्दरतालाई भविष्यमा जोगाईराख्न यस आसपासको क्षेत्रमा नयाँ सहरको परिकल्पना हुनु आवश्यक छ ।

सायद बुटवल सहरको सुन्दरतालाई भविष्यमा पनि अझ उन्नत स्तरमा कायम गरी जोगाई राख्न र प्रदेशको सन्तुलित एवं दिगो विकासका लागि प्रदेश राजधानी दाङ लगायत क्षेत्रलाई समेटेर प्रस्ताव गरिएको हुनु पर्छ । समग्र प्रदेशको विकासलाई समन्याय,सन्तुलित रुपमा विकास गर्न सबै प्रदेशबासीहरुलाई बिकासको स्वाद दिलाउन, बुटवल सहरलाई भविष्यमा कुरुप हुन नदिन दीर्घकालीन सोचका साथ प्रदेशको राजधानी प्रस्ताव भएको देखिन्छ ।

त्यसैले सबै हामी प्रदेश बासीहरुले हाम्रो प्रदेशको नामकरण र राजधानी सम्बन्धमा निहित व्यक्तिगत स्वार्थ, कुण्ठा, रिस,राग इर्स्या भन्दा माथि उठेर भविष्यमा सन्ततिहरुका लागि अब्बल,सुन्दर र शान्त प्रदेश सुखी र खुसी प्रदेशको लागि हातेमालो गरी अगी बढ्नुको विकल्प छैन, हातेमालो गर्नुपर्छ ।

-अर्घाखाँची निवासी लेखक चौहान राष्ट्रिय आवास कम्पनी लिमिटेडमा कार्यरत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close