छत्रदेब गाउँपालिका द्वारा शितगंगा ११,१२ का पहिरो पिडित लाई एक लाख सहयोग

रुद्रमणि भुसाल /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेब गाउँपालिकाले शितगंगा नगरपालिका १२ र ११ वडाका पहिरो पीडितलाई स्थाइबास बनाउनको लागि रु एकलाख रकम रहातकोषमा जम्मा गरिदिएको छ ।शितगंगामा पहिरोबाट विस्थापित परिवारलाई राहत स्वरुप एकलाखको चेक छत्रदेब गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोख्ररेल , उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल , वडा अध्यक्षहरु राजेश पंन्थी , शोभाखर पाण्डे , तेज प्रसाद खनालले सयुतm रुपमा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य अधिकारी र वाड नं. १२ का वडा अध्यक्ष बाबुराम गैरेलाई सयुतm रुपमा एक लाखको चेक हस्तारण गनुभएको हो । अन्य स्थानियतहका जनप्रतिनिधिले पहिरो पिडितलाइ अबलोकन गदै जादै गरेका बेला छत्रदेब गाउँपालिकाले राहतकोषमा एकलाखको चेकहस्तानतरण गरेकोमा पहिरो पिडित तारा बहादुर अधिकारीले बताउनु भयो ।


कोठिया मैदानको बस्ती पहिरोका कारण ५४ घरपरिवार विस्थापित छन् । १७ घर पहिरोले भत्किएका छन् । पहिरोबाट विस्थापित परिवारलाई आवास निर्माणका लागि सहयोग पुग्ने हेतुले छिमेकी स्थानियतहको हिसाबले छत्रदेब गाउँपालिकाले एकलाखको चेकहस्तान्तरण गरेको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले जानकारी दिनु भयो । पहिरो पिडितर्लाइ सहयोग गरेकोमा छत्रदेबगाउँपालिकालाइ नगरप्रमुख अधिकारीले धन्यबाद दिदै पहिरोबाट बिस्थापित परिवारलाई छिटै इस्थाइ बसोबासका ब्यवस्था मिलाउने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close