विश्व मानसिक स्वास्थ्य दिवस- “मनको रोगलाई नलुकाऔँ”

आज मानसिक स्वास्थ्य दिवस। हरेक वर्ष अङ्ग्रेजी महिनाको अक्टोबर १० तारिखका दिन यो दिवस मनाइन्छ। ‘यो वर्ष सबैका लागि मानसिक स्वास्थ्य पर्याप्त लगानी व्यपक पहुँचः जसलाई पनि जहाँ पनि’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ।
यसैको उपलक्ष्यमा मानसिक स्वास्थ्यका बारेमा केही सन्देश लिएर आएका छौँ। मानसिक स्वास्थ्य एक अभिन्न अङ्ग हो। स्वस्थ रहन स्वस्थ शरीरको साथसाथै मन पनि स्वस्थ हुन पर्दछ। वास्तवमा मानसिक स्वास्थ्य समस्या समाजमा धेरै हुने समस्या मध्येको एक हो। यसले व्यक्तिको आफ्नो व्यक्तिगत स्वास्थमा प्रभाव पार्छ नै, व्यक्तिको जीवन यापनमा प्रभाव पारी समाजको र देशको उत्पादकत्वमा नै ह्रास ल्याउँदछ। कहिलेकाहिँ मानसिक स्वास्थ्यको समस्या मृत्युको कारण पनि बन्न सक्दछ। जस्तै आत्महत्या गर्न प्रेरित गरेर, आफ्नो शरिरीक स्वास्थ्यको उचित रुपमा ख्याल राख्न नसकेर आदि यसत हुँदा हुँदै पनि विभिन्न कारणहरुले गर्दा मानसिक स्वास्थ्य व्यक्तिको समाजको तथा रान्ज्यको प्राथामिकतामा पर्न सकेको छैन। एकातिर मानसिक स्वास्थ्यका लागि चाहिने स्वास्थ्य सेवा व्यापक रुपमा उपलब्ध छैन भने अर्कोतिर अज्ञानता, अन्धविश्वास, लाञ्छना अदिका कारणले भएका सेवाहरु पनि राम्रोसँग उपभोग गरिएका छैनन्।
यो कोरोना महामारीले झन नकारात्मक प्रभाव पारिरहेको छ। जनजीवनमा तनाब बढाइदिएको छ। अर्कोतिर भएका मानसिक स्वास्थ्यका सेवालाई प्रभाव पारेको छ। त्यसकारण मानसिक स्वास्थ्य सेवामा पहुँच वृद्ध गर्न, मानसिक स्वास्थ्यमा व्यपक लगानी बढाउनु पर्ने छ। यो लगानी हरेक व्यक्तिले आफ्नो आफ्नो ठाउँबाट गर्नु पर्ने हुन्छ। जस्तै व्यक्तिगत रुपमा आफ्नो र आफ्नो परिवारको मानसिक स्वास्थ्यको ख्याल राखौँ।
स्वस्थ खाना, पर्याप्त आराम, निन्द्रा, नियमित व्यायाम, सहयोगी भावना राख्ने गरौँ। दु:ख परेका बेला साथीभाइ, सहकर्मी, आफन्तको सहयोग लिऔँ र अरुले सहयोग मागेको बेला पनि सहयोग गरौँ। तनाव कम गर्न विश्वासिलो व्यक्तिसँग आफ्ना भावना साटौँ। समस्यामा परेकाका कुरा सुनौँ र मद्दत गरौँ। यदि मानसिक स्वास्थ्य समस्याले धेरै गाह्रो बनाएको छ भने स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह लिन नहिच्किचाऔँ। सल्लाह लिन उत्प्रेरित गराऔँ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ। गर्न नदिऔँ। कार्य र कार्यस्थलको व्यवस्थापकहरुले आफ्नो कार्यस्थलमा आफ्ना सहकर्मीहरुको मानसिक स्वास्थ्यको ख्याल राखौँ।
स्वस्थ खाना, पर्याप्त आराम, निन्द्रा, नियमित व्यायाम, सहयोगी भावना राख्ने गरौँ। दु:ख परेका बेला साथीभाइ, सहकर्मी, आफन्तको सहयोग लिऔँ र अरुले सहयोग मागेको बेला पनि सहयोग गरौँ। तनाव कम गर्न विश्वासिलो व्यक्तिसँग आफ्ना भावना साटौँ। समस्यामा परेकाका कुरा सुनौँ र मद्दत गरौँ।
यस्तै विद्यालयमा शिक्षकशिक्षिकाले बालबालिका, किसोर किसोरीहरुको भावना बुझौँ। उनीहरुलाई भावनात्मक रुपले बलियो बन्न सिकाऔँ। तनाव झेल्ने सिप सिकाऔँ। स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दा मानसिक स्वास्थ्यको नियमित जाँच गर्ने गरौँ। प्ररम्भिक लक्षणहरु पहिचान गर्ने र सहयोग गर्ने विश्वास दिलाऔँ। आत्महत्याको जोखिमको मूल्याङ्कन गरौँ। सुत्केरी अथवा प्रसव अवस्थामा हुने भावनात्मक समस्याहरुमा सहयोग गरौँ। दक्ष स्वास्थ्यकर्मी कहाँ पठाऔँ र उपचार गरौँ।
यस्तै स्वास्थ्य सेवा व्यवस्थापक र योजनाकारहरुले मानसिक स्वास्थ्य राज्यको नीति योजनामा समावेश गरौँ। त्यसलाई प्राथामिकता दिऔँ। लगानी बढाऊँ। कार्यक्रम कार्यन्वयन गरौँ। मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्ति अथवा परिवारहरुलाई नीति, योजना तर्जुमा गर्दा समावेश गर्ने गरौँ। र भेदभाव रहित समाज निर्माण गरौँ।
यस्तै जाँडरक्सीको उपलब्धतालाई कम गरौँ। लागूपदार्थ निरुत्साहित गरौँ। सबै ठाउँबाट सबै जनाले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्ने गरौँ। यो नै मानसिक स्वास्थ्यका निम्ति ठूलो लगानी हुने छ।
विश्व मानसिक स्वास्थ्य दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना दिन चाहन्छु।
-देशान्तरको लागि यस लेख लेखिएको हो, डा. मरहठ्ठा मानसिक रोग विशेषज्ञ हुन्।)
कमेन्ट गर्नुहोस !