छत्रदेव गाउँपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत सहित अन्य दुई कर्मचारी बिदाई

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत सहित अन्य दुई कर्मचारी लाई बिदाई गरेको छ ।बिदाई कार्यक्रममा करिव २२ महिना अघि सरुवा भइ आउनुभएका प्रशासकिय अधिकृत खिमानन्द भुसाल, गाउँपालिकाको वडा नम्बर ४ मा वडा सचिवको रूपमा कार्यरत नुमलाल पंन्थी ,कृषिशाखा प्रमुख राम बहादुर रायमाझी र भुसाललाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले कर्मचारीको साथ सहयोगले अन्य पालिका भन्दा केही फरक काम गर्न सफल गाउँपालिका भएको बताउनुभयो। अर्के तर्फ प्रशासकिय अधिकृत भुसालको कार्यकालमा गाउँपालिकाका निती नियम ,कानुन र विभिन्न योजना सम्पन्न गर्नको लागि उहाँको कार्यकालको प्रतिफल मुलक कार्य भएको बताउनुभएको छ ।
भुसालको गुल्मि को मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भएको छ भने छत्रदेव गाउँपालिकामा पबन अर्याल सरुवा भई आउने समेत बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तुल्सा देवि श्रेष्ठ, वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।प्रशासकिय अधिकृत भुसाल लगायतका अन्य दुई कर्मचारी बिदाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी,र कर्मचारीले फुलमाला ,टिका प्रमाण पत्र,गाउँपालिकाको चिनो समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम स्वाथ्यशाखा प्रमुख बुद्धिराम न्यौपानको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !