सन्धिखर्कमा चाउमिन उद्योग र मिष्ठान भण्डारमा अनुगमन अखाध्य मिठाइ र तेल नष्ट

रुद्रमणि भुसाल, अर्घाखाँची ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनलाय रुपन्देही र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुको सयुक्त आयोजनामा सन्धिखर्कमा रहेको ५ ओटा चाउमिन उद्योग, केहि मिष्ठान भण्डार , होटलहरुको अनुगमन गर्दा करिब दशहजार बराबरको अखाध्य मिठाइ र तेल नष्ट गरेको छ ।


अनुगमनको क्रममा पटक पटक निर्देशन दिदासमेत अटेरगर्ने केहि पसलहरुको खाद्यगुणस्तरको टिम बोलाएर अनुगमन गरिएको घरेलु तथा सानाउद्योग कार्यालय अर्घाखाँचीका बरिष्ठ उद्योग अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो ।


अर्घाखाँचीमा संचालित केहि चाउमिन उद्योग , होटल , मिष्ठान भण्डारहरुले सरसफाइसगैँ आफुले उपभोतmाहरुलाई दिने खाध्यसमानको गुणस्तण ,ब्यवसाय दर्ता , नबिकरण , नापतौल प्रमाणपत्र ,उपभोतmाले प्रयोग गर्ने समानको लेबलको अवस्था लगायतका बिषयमा अनुमगन गरिएको उद्योग बाणिज्य तथा उपभोतmा हित संरक्षण रुपन्देही प्रतिनिधि टुकराज पाण्डेले बताउनु भयो ।
बिशेष गरेर मगंलबारको अनुगमनमा चाउमिन उद्योग,होटल र मिष्ठान भण्डारमा प्रयोग गर्ने तेलको लेबर नाप्दा अधिकासंले पटकपटक पुरानै तेल प्रयोग गर्दा मानिसको स्वास्थ्यमा गम्भिर असर पर्ने खालको तेल प्रयोग गरेकाले करिब दशहजार बराबर मिठाइ , तेल नष्ट गरिएको अनुगमनटोलीका सदस्य रमेश दाहाले जानकारी दिनुभयो ।


अर्घाखाँचीमा जिल्ला प्रशासन , घरेलु , उद्योगबाणिज्य संघ , चेम्बर अफकमस , पत्रकार महासघं लगायतको टिमले निरन्तर गनुगमन गर्दा अधिकासं ब्यवसायीमा सचेतनामा बृद्धि हुदैआएको अनुगमन समितिका संयोजक साहयक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिनु भयो ।
अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रतिनिधि रमेश दाहाल , उद्योग बाणिज्य संघका रुद्र श्रेष्ठ , चेम्बर अफकमस अध्यक्ष अशोक श्रेष्ठ , नेपाल पत्रकार महासघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल , घरेलुका लक्ष्मी प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close