थप ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि,१८ को मृत्यु

सबैको सन्देश /काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना भाइरस संक्रमण हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ दुई पुगेको छ । बितेको २४ घण्टामा १५ हजार५ सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा १हजार ५ सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार ७सय ८० पुगेको छ ।अब नेपालमा ३५ हजार ९सय १५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।यस्तै बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !