भूमिकास्थानमा बजार अनुगमनको प्रभावस् उपभोक्ताले वस्तुको लेभल हेर्न थाले

गोपालप्रसाद भट्टराई ,अर्घाखाँची।

स्थानिय सरकारले बजार अनुगमन गर्न थालेपछि ग्रामीण भेगमा पनि उपभोग्य बस्तुको लेभल हेर्ने बानीको विकास भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १० वटै वडामा नियमित रुपमा बजार अनुगमन गर्न थालेपछि नगरवासीहरुपनि उपभोग्य वस्तुको गुणस्तर हेरेर मात्रै उपयोग गर्न थालेका हुन् ।सुरु–सुरुमा त हामी अनुगमनमा जाँदा पसलेहरु ढोका लाएर हिड्ने गर्नुहुन्थ्यो, अहिले व्यवसायि र उपभोक्ता दुवै सचेत हुंदै जानुभएको छ ।नगरस्तरिय बजार अनुगमन टोलिका संयोजक तथा भुमिकास्थानका सहकारी, उद्योग शाखा प्रमुख शंकर अधिकारीले भन्नुभयो ।

नगरपालिकाबाट नियमित अनुगमन, सूचना सम्प्रेषण र सचेतनामुलक अभियान संचालन गर्न थालेपछि अहिले आफ्नो व्यवसाय दर्ता गर्ने, सामानको लेभलिङ्ग जाँच गर्ने र राज्यलाई कर तिर्ने कुरामा समेत व्यवसायिहरु अग्रसर बन्न थाल्नुभएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाको भनाई छ ।व्यबसायिले मात्रै नभएर अहिले उपभोक्ताले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने लेभलको जाँच गरेर प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको नगर प्रमुख थापाको भनाई छ ।उपभोग्य वस्तुमा उत्पादन मिति, एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभलहेरेर खरिद बिक्रि गर्ने, कानुनी मापदण्ड अनुसार व्यवसाय दर्ता गर्ने र राज्यलाई कर तिर्ने बानीको विकास भएको देख्दा आफुलाई निकै खुशी लागेकोभूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले बताउनुभयो ।

चालु आर्थिक बर्ष २०८०/०८१ को ११ महिनामा १० वटै वडामा ६ पटक बजार अनुगमनगरिएको र जसबाट अघिल्ला बर्षहरुमा भन्दा व्यवसायी र उपभोक्तामा सचेतना बढेको पाइएको प्रमुख प्रशासकिय अधिकृत जग्दीश चन्द्र नेपालीको भनाई छ । ब्यापार,व्यवसायमा गुणस्तरिय सेवा र वैद्यता प्रदान गर्नाले पालिकाको आन्तरिक आयमा वृद्धि हुने र नागरिकको स्वास्थ्यमा समेत सुधार आउने प्रमुख प्रशासकिय अधिकृत नेपालीको विस्वास छ ।यस अगाडि ढाकावाङ्ग, धारापानी, असुरकोट, खिल्जी, ढिकुरा र धनचौरका विभिन्न स्थानमा बजार अनुगमन गरिसकेको भूमिकास्थानले आइतबार भूमिकास्थान–७ को सलेन्धारा, घोराखोरी, पाण्डाँडा र भूमिकास्थान–८ को हटिया बजारमा अनुगमन गरेको छ ।अनुगमन टोली संयोजक अधिकारीको नेतृत्वमा, प्रशासन शाखा प्रमुख तुल्सी प्रकाश गिरी, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, चेम्बर अफ कमर्शका प्रतिनिधि ज्ञानु श्रेष्ठ, नगर स्तरिय उद्यम विकास सहजकर्ता बन्दना रावत र खिल्जी प्रहरी चौकीको प्रहरी टोलीले ति स्थानका २५ वटा बढि पसलहरुमा अनुगमन गरेको बताइएको छ ।

 

अनुगमन गर्दा केही पसलहरुमा मुल्यसुची नभएको, केही पसलमा बेकरी आइटम, बिस्कुट, चाउचाउ, मसलाजन्य खाद्य वस्तु, सुर्तिजन्य पदार्थ, मिठाइ र जंकफुड जस्ता म्याद गुज्रिएका सामान र इजाजत नलिइ बेच्न राखेका सामानहरु जफत गरिएको अनुगमन टोलीले जनाएको छ ।यस्तै केही ब्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्यसुची नराखेको पाइएको टोली संयोजकशंकर अधिकारीको भनाइ छ ।उहाँका अनुसार टोलीले म्याद गुज्रिएका ६ हजार बराबरको सामान जफत गरि नष्ट गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाइ ३५ दिनभित्रमा नगरपालिकामा गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close