रास्वपा अर्घाखाँचीले पार्टी स्थापनाको अवसरमा विविध कार्यक्रम गर्दै

सागर महत ,सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।आज सन्धिखर्कमा पत्रकार सम्मेलन गदै कार्यक्रमको बारेमा जिल्ला सभापति हरि प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

जसअन्तर्गत असार ७ गतेका दिन जन्मिएको पार्टीले स्थापनको अवसरमा निःशुल्क दन्त परिक्षण शिविर असार ४ गते भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको वीरेन्द्र आधारभूत विद्यालयमा,रक्तदान कार्यक्रम असार ५ गते सदरमुकाम सन्धिखर्कमा, बृक्षारोपण कार्यक्रम असार ६ गते धार्मिक पर्यटकीय क्षेत्रमा जडिबुटीजन्य विरुवाहरु रोपण गरिने सभापती भुसालले बताउनुभयो ।


पार्टी स्थापना भएको दिन असार ७ गते सन्धिखर्कमा चियापान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।कार्यक्रममा जिल्लामा क्रियाशिल सवै राजनीतिक दलका प्रमुखहरु, निर्वाचित जनप्रतिनिधीहरु, कार्यालय प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु लगायत सहभागी हुने बताएको छ ।

यता शितगंगा नगर समितिले शितगंगाको ठाडामा समेत असार ७गते गते एकैदिन चियापान कार्यक्रम गर्ने बताएको छ ।पत्रकार सम्मेलन राष्ट्रिय स्वतन्त्र पाटीका क्षेत्रीय सभापति कमल मरासिनीको अध्यक्षता, नारायण गौतमको स्वागत मन्तव्य र प्रकाशचन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close