नेपाल किसान महासंघ अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र केसी चयन

बिष्णु खनाल,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा एक कार्यक्रमकाबीच नेपाल किसान महासंघ गठन भएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल किसान महासंघ राजेन्द्र के.सी.को नेतृत्वमा तदर्थ समिति गठन भएको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले ११ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।
सदस्यहरुमा राम प्रसाद आचार्य र ईश्वरी प्रसाद पौडेल शितगंगा नगरपालिका, जनक श्रेष्ठ र मोति श्रेष्ठ सन्धिखर्क नगरपालिका, परिचय भट्टराई र सरिता भुसाल छत्रदेब गाउँपालिका, कलाधर खनाल र खिमानन्द खनाल मालारानी गाउँपालिका, लिला चुँदाली भुमिकास्थान नगरपालिका र ध्रुवराज घिमिरे पाणिनी गाउँपालिका रहेका छन् ।
भेलाले आउँदै गरेको असार १५ गते धान दिवसका दिन नेपाल किसान महासंघको आयोजनामा पाणिनी र दर्लामफाँटमा धान रोपाई गरि भव्यताका साथ मनाउने निर्णय समेत गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल, सचिव कृष्ण प्रसाद खनाल, कोषाध्यक्ष बिष्णु क्षेत्री, प्रदेश सभा ख का सभापति हेमन्त बेल्बासे, नेपाल किसान महासंघका केन्द्रीय सदस्य खिम कुमार श्रेष्ठ, नेपाली काँग्रेस प्रदेश सभा ख सचिव सुरज रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल किसान महासंघका जिल्ला अध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close