एमालेबाट माओवादीमा फर्किएका खड्का केन्द्रीय सदस्यमा बढुवा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले अर्घाखाँचीबाट वैकल्पिक केन्द्रीय सदस्यमा चन्द्रबहादुर खड्का लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको हो ।माओवादीमा रहँदा खड्का अर्घाखाँचीका इन्चार्ज समेत रहेका थिए ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि टोपबहादुर रायमाझी सँगै उनी एमालेमा बसेका थिए । पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो । कारबाहीसँगै उनले राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close