गुल्मीमा पहिरोले घर पुर्दा ४को मृत्यु ,१बेपत्ता

गुल्मी। गुल्मीमा पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो । पहिरोले पुरेको बारे जानकारी आज बिहान मात्रै प्राप्त भएको थियो ।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताउनुभयो । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close