अर्घाखाँची सहित देशका धेरै ठाउँमा वर्षा

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर झरी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, अर्घाखाँची र स्याङ्जामा एकसय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

पूर्वदेखि पश्चिमसम्म नै धेरै ठाउँमा पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलामा बाढी आएको छ । पाल्पा, अर्घाखाँची र स्याङ्जामा ठूलो पानी परेपछि कालीगण्डकी र नारायणी नदीमा जल सतहले खतराको तह पार गरेको छ ।अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र ती क्षेत्र भइ बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा रहनेलाई आज बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङ्गढी र आसपासको क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएकाले निस्ती खोला लगायत ससाना नदीमा आकश्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बस्नेलाई आज बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौ उपत्यकाको विभिन्न वर्षामापन केन्द्रहरुमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरका धेरै स–साना नदीा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close