पुन सन्धिखर्क–गोरुसिंगे सडक पहिरोले अवरुद्ध

सन्धिखर्क ।हिजोदेखि परेको अविरल वर्षाले कारण सन्धिखर्क–गोरुसिंगे सडक खण्डको पहिरो खस्नेक्रम रोकिएको छैन । मध्यान १२ बजेदेखि संचालन भएको सडक पुन दिउँसो ४ बजे पछि सन्धिखर्क नगरपालिका वडा नम्बर ६ घुम्टी नजिकै र शितगंगा नगरपालिका २ को लाउरे बजारमा पहिरोले जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
अविरल वर्षा भइरहेकोले सडक माथिबाट भेल सहितको लेदो खसिरहेको छ । पहिरो हटाउन जिल्लास्थित नेपाली सेना, प्रहरी र स्थानीयले पहिरो हटाने काम गरिरहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close