भुनपाको पर्यटकिय स्थल सेङलेङमा व्यवसायिक चियाखेती गर्न ३८ रोपनीमा ३२ हजार बिरुवा रोपियो

गोपाल प्रसाद भट्टराई,सन्धिखर्क ।

गोपाल अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, सेङलेङको लालीगुराँस देउरालीसामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको छ । बनमाराले अन्यजडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चियालगाएको हो । अर्घाखाँचीमै पहिलो पटक सेङलेङमा व्यवसायिक चियाखेती थालिएकोस्थानियले बताएका छन् ।
पूर्व कृषि मन्त्री वेदुराम भुसालद्धारा बिनियोजित बजेट र भूमिकास्थान नगरपालिकाको समन्वयबाट सामुदायिक वनको २१ र निजि तर्फ १७ गरि ३८ रोपनीक्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिकवनका अध्यक्ष गिर बहादुर नेपालीले जानकारी दिनुभएको छ ।


समुद्री सतहदेखि २ हजार मिटर भन्दा बढि उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रुपमा विकास गर्नेगरि काम समेतथालेको छ । प्राकृतिक रुपमा मनमोहक वाताबरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ ।

हामीले भूमिकास्थानलाई कृषि, पर्यटन, उद्योग र ब्यापारको माध्यमबाटआर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना बनाएका छौं ।”
नगरप्रमुख थापाले भन्नुभयो,“जसअनुसार कार्यक्रम लन्च भएका छन् । जसकोज्वलन्त उदाहरण सेङलेङको चिया खेती पनि हो ।” उहाँले थप्नुभयो, “कर्मशिलजनशक्ति मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको
पातबाट टोपी र झोला निर्माण, सेङलेङ होमस्टे सहित पालिकाभर व्यवसायिकपर्यटकिय क्षेत्रको विकास नै नगरपालिकाको रोजगारी, उत्पादन र समृद्धिकाआधार हुन् ।”
गत बर्षदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालन मार्फत बाँझो जग्गामा
व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला रविद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवानर कर्मशिल बनाउदै लग्ने नगरप्रमुख थापाको विस्वाँस छ । युवाहरुले देशछोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबैपक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ ।
स्थानियको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेटकार्यक्रमको रुपमा सेङलेङमा चिया खेती सफल हुनेमा आफु विस्वस्त रहेकोभूमिकास्थानका कृषि शाखा प्रमुख राम बहादुर थापाको भनाई छ ।
“बनमारा हटाएर चिया खेती लगाएका छौं, यसलाई प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरि बगान बनाउने सोंचमा रहेका छौं ।’’ सेङलेङ होमस्टेकाअध्यक्ष हिमनाथ खनालले भन्नुभएको छ ।भूमिकास्थानको सेङलेङ गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएकोजैविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

जहाँबाट मनोरम हिमश्रृङखला,अग्ला पहाड देखि बेशी सम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ । पछिल्लो समय बढ्दै गएको गर्मि र मानविय उकुसमुकुसमा प्राकृतिकमनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ।चैतेदशैंमा सराँय नाँच सहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह,पाथिभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थलीझरना, सिद्धगुफा पर्यटकिय आकर्षणको रुपमा रहँदै आएका छन् भने अब बन्नेचिया बगान पनि पर्यटकिय रोजाइमा पर्ने आँकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close