पर्यटकीय स्थल मालारानी मन्दिर

सागर महत /अर्घाखाँची ।(छोटो परिचय मालारानी मन्दिर)
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको घेरको लेकमा रहेको मालारानी मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करिव १५ किलोमिटरको दूरीमा रहेको छ । समुद्री सतहबाट २०८५ मिटर उचाईमा रहेको मन्दिरको स्थापना विस १८६२ भएको उल्लेख गरिएको छ ।वरपरको मनमोहक दृश्यसँगै अग्ला अग्ला हिम शृङ्गखला तथा सोही ठाउँमा रहेको घोसेका थान मन्दिरबाट तराईको समथर भुभाग देख्दा मनमा आनन्दको महसुस हुन्छ ।
धार्मिक रुपमा पावन रहेको यस स्थानमा विविध प्राकृतिक वातावरणमा रमाउनुको साथै हनुमान, गणेश, बाघको मुर्ती रहेको ठाउँमा मन्दिरभन्दा ५० मिटर तल रहेको निकै महत्व पुर्ण विशेषता गुँरासको बोटबाट बिगतदेखी निरन्तर बग्दै आएकोे उक्त पानीलाइ हातको अन्जुलीमा लिइएर मन्दिरमा चढाइयो भनी मनोकान्छा पुरा हुने विश्वास रहदै आएको छ ।
कमेन्ट गर्नुहोस !