थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि,१९ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै बितेको २४ घण्टामा ३ हजार ५सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार५ सय १८ पुगेको छ ।अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !