अर्घाखाँचीमा थप २२ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २१ जना र शितगंगा नगरपालिकामा १ जना गरि २२ जना लाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । कोरोना पुष्टि हुनेमा १३ पुरुष ,९ महिला रहेको स्वस्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षण मध्ये ५१ जनाको नेगेटिभ र २२ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको सुचना अधिकारी बरालले जानकारी दिनुभयो ।योसँगै अर्घाखाँचीमा कुल कोरोना संक्रमित संख्या ५ सय २२ पुगेको छ ।जसमा उपचार पछि निको भएर हाल सम्म ४ सय ६ जना डिस्चार्ज भएका छन ।हाल अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या १सय १२ जना रहेको छ ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाभर कोरोना बाट हाल सम्म मृत्यु हुनेको संख्या ४ रहेको छ ।
कमेन्ट गर्नुहोस !