हालसम्म नेपालमा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु
आजै वीरगंन्जमा २ जनाको मृत्यु

बाबुराम पोखरेल, सबैको सन्देश/काठमाण्डौं ।
वीरगंन्जमा आज २ जनाको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा ६८ वर्षिय पुरुषको निधन भएको छ भने नेशनल मेडिकल कलेजमा पनि उपचारार्थ भर्ना भएका ७१ वर्षिय अर्का पुरुषको समेत मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या बढेको छ ।
पर्सा जिल्लामा मात्रै कोरोना संक्रमणबाट ७ जनाको ज्यान गैसकेको छ ।
कमेन्ट गर्नुहोस !