अभिनव चौहानको शब्द रचना रिमाल र कृष्ण लामिछानेको आवाजमा तिहार गीत सार्वजनिक

शक्ति महत/ अर्घाखाँची ।
आज देखि कार्तिक महिना शुरु भएको छ।यो सँगै हिन्दुहरुको महान पर्व दशैंँ तथा तिहार नजिकै छ।यसै दशैंँ तिहारलाई लक्षित गर्दै दशैंँ तिहारका गीतहरु दिनानुदिन सार्वजनिक भैरहेका छन्।त्यसैगरी आज मात्रै अभिनव चौहानको शब्द कृष्ण लामिछानेको स्वर चर्चित गायिका रचना रिमाल र कृष्ण लामिछानेको स्वरमा तिहारै आयो बोलको तिहार गीत आज सर्व सम्मान म्युजिक प्रालि को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ।
जसमा प्रकाश क्षेत्री,सुरेश गौतम, अभिनव चौहान, पुष्कर आचार्य , बबिता परियार , कृष्ण बिसि भान्जा लगायत मंगलम रेकर्डिङ्ग स्टुडियोका सम्पूर्ण कलाकारहरुको प्रस्तुति हेर्न सक्नुहुनेछ।प्रविन थापाको निर्देशन र नमराज घिमिरेको छायांकनमा यो गीतलाई तयार पारिएको हो।
पूरा भिडियोको लागि ।
कमेन्ट गर्नुहोस !