हिंसामा परेका बुढापाकाको आवाज कसले उठाइदिने ?

कृष्ण प्रसाद आचार्य /सन्धिखर्क अर्घाखाँची ।
अहिले जसरी समाजमा अन्य विकृती फैलदै छन त्यसरी नै बुढ्यौलीले छोए लगत्तै आश्रम धाउनेको शंख्या झन झन उकासीदै गएको छ ।
आफ्नो उमेर छउन्जेल समय त्यागेर , सम्पत्ति खर्चिएर पहरेदार सरी छोराछोरीलाई सुरक्षा दियौँ तर यसरी समय भएपछि चाहीँ पाल्ने नपाल्ने हाम्रो मर्जी भने जस्तो छोराछोरीले गर्ने हो भने हाम्रो बुढेसकालको सुरक्षाको जिम्मेवारी चै कसले लिने त भन्ने गुनासो बुढापाकाको छ ।
घरमै राखिएपनि कैदिलाई जस्तो कोठा भित्र मात्रै नभए आश्रममा लगेर छाडिदिने गरेको हामीले देख्दै र सुन्दै पनि आएका छौ । कतिपए मतभेद भने बुढापाकालाई कसरी सहयोग गर्ने भन्ने ज्ञान नभएकाले पनि हुन सक्छ । त्यसैले हर कोही , समाजसेवी , अभियनताकर्ताले पनि यसलाई मध्यनजर गर्दै गाउँठाउँमा विभिन्न बुढ्यौलीका समस्याहरु , प्रभावहरु , अन्तरक्रिया कार्यक्रम र बुढापाकासँग कस्तो व्यवाहार गर्ने भन्ने जनचेतना कार्यक्रमहरुलाई पनि उत्तिकै महत्व दिन जरुरी ठानिन्छ ।
बुढापाकाले एउटा बच्चाको समाजिकरणलाई सकारात्मक रुपमा अघि लगिरहेको हुन्छ तर दिन प्रतिदिन यसरी बुढापाकालाई वस्तुभाउ जसरी व्यवाहार गर्ने हो भने छोराछोरीले पनि अवश्य यहिनै सिक्ने छन् , बुढ्यौलीले छोए लगत्तै छिटै भुल्ने , झर्को मान्ने , अधैर्य हुने , एक्लो महसुस हुने , खानपिन र शारीरीक समस्या सँगसँगै धर्म कर्ममा रुची राख्ने हुन्छन् ।
त्यतिखेर उनीहरुसँग भावनात्मक तरीकाले हेलमेल हुन जरुरी छ , थोरै भएपनि समय निकालेर उनीहरुको स्वास्थ्य र समस्याको विचार गरिदिने र उनीहरुको विचारको दखल नगरेर उनीहरुलाई पनि आफु महत्वहिन व्यक्ति हुन नपुगेको महसुस गराउन जरुरी छ ।
तर कतिपयका छोराछोरी आफ्नो व्यक्तिगत जीवनमा धेरै व्यस्त भइदिने र नातिनातिना पनि मोबाइल पढाई र अन्य कुरामा व्यस्तताका कारण उनीहरुले आफुलाई एक्लो महसुस गरिरहेका हुन्छन् , कतिपय परिवारक सदस्यले भने उनीहरुको दैनिकी आफ्नो बशमा चलाउन खोज्ने गरेको कारणले धेरै जसो बुढापाकामा पनि मनोवैज्ञानिक समस्या उत्पन्न भएको छ । त्यस्ता हिंसामा परेका बुढापाकाको आवाज उठाइदिने चाहीँ को त ?
कतिपय सन्तान भने विदेशिय पछि एक पल्ट नि फर्केर नआएको , कतिपयको छोराछोरीले भने बेलैमा आफ्नो भागको अंश लिएर आफ्ना जिम्मेवारीबाट पंछीयकाले आश्रममा बस्न वाध्य भएको देखिएको छ ।
यी मध्य कतिपय भने आफ्नै मन मर्जीले पनि आएका छन् तर अधिकांश भने बुढेसकालले छोए लगत्तै छोराछोरी भावनात्मक रुपमा टाढा भइदिनाले , खर्च दिन छोडिदिने , के खान्छ , कस्तो लाउन मन छ भनेर नसोधिदिने , परिवारमा मन मुटाव , छोराछोरीको समयको व्यस्तता , छोरी मात्र हुने दम्पत्ति र छोरा बुहारी बिचमा भएका झैँझगडाले गर्दा बसेका भेटीएका छन् ।कतिपयमा भने छोरा बुहारी राम्रै भएपनि बुढ्यौलीको प्रभावले गर्दा घर नबसेका वृद्धाहरु पनि छन् । सबै छोरा बुहारीका कारणले मात्र आश्रम पसेका छन भन्ने पनि देखिएको छैन तर यसरी बोली फुट्नै पनि कठिन हुने , शारिरीक र मानसीक रुपमा दुवै कमजोर भएका बुढापाकालाई पनि यसरी बेसाहारा छोडीनु कतिको जायज हो त ?यो त मानवताको हदनै पार भएन र रु यसरी नपालीएकै खण्डमा पनि छोराछोरीले बाबुआमाको बुढेसकालको सुरक्षा दिनपुर्ने कानुनी व्यवस्था ल्याउन जरुरी पो छ कि ?
सरकारी तहबाट वृद्धाभत्ता स्वरुप वृद्धालाई जिवीका पार्जन गर्न सहयोग स्वरुप रु २०००र( दिएको छ , सवारीसाधनमा पनि जेष्ट नागरीकको लागि पनि सिट सुविधा सुरक्षित छ र अब ल्याउने आर्थिक बजेट , सुख सुविधा , नियम कानुन पनि बुढापाकालाई हदसम्म केन्द्रित भएर जेष्ठ नागरीक मैत्री हुनुपर्ने देखिन्छ । यसका लागि परिवारका सदस्य पनि सर्टिफिकेटमा मात्रै सिक्षित नभएर व्यवाहारीक रुपमै शिक्षित हुन जरुरी छ । बुढापाका भनेका भोलिका सन्ततीका सकारात्मक समाजीकरण उन्मुख हुन् ।

लेखक कृष्ण प्रसाद आचार्य सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा जन्म भई हाल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क रहेको साना शहरी खानेपानी तथा सरसफाइ मुल संस्था खानेपानीको कार्यालय प्रमुख पदमा रहि कार्यमा काम गदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close