लुम्बिनी प्रदेशको दोश्रो आर्थिक वर्षकै ठूलो सडक निर्माण आयोजनाले पायो तिब्रता, साम्सद केसी द्वारा अनुगमन

कमल बिष्ट /कपिलवस्तु ।
लुम्बिनी प्रदेशको दोश्रो आर्थिक वर्षमा बजेट बिनियोजन गरी आफ्नै बजेटमा निर्माण शुरु गरिएको लुम्बिनी प्रदेशकै ठूलो सडक आयोजना, शिवराज नगरपालिका ५ खैरी देखि बिजयनगर गाउँपालिकाको खडैजा सम्मको ७ मिटर चौडा र करीब ११ किलोमीटर लम्बाईको डिबिएस्टी प्रविधीमा निर्माण भैरहेको सडक निर्माणले तिब्रता पाएको छ ।
लुम्बिनी प्रदेश सरकारको २० करोड लागतमा निर्माण सम्पन्न हुने यश सडकले शिवराज नगरपालिकाको खैरी , हर्रहवा, मद्रहवा, सोनपुर, बालापुर , सुन्दरी डाडा , जर्लहिया देखि बिजयनगरको खडैचा सम्मका स्थानीय बासीहरुलाइ प्रत्यक्ष लाभ हुनेछ ।वर्सौ देखि जिर्ण अवस्थामा रहेको यश क्षेत्रकै पुरानो सडक मध्यको यश आरटिओ सडक निर्माणले पूर्णता पाउनेभएपछी स्थानीय समेत हर्सित छन ।
यसैबिच सडक निर्माणको अनुगमन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले अत्यन्तै मेहनतका साथ ल्याएको बजेटले निर्माण हुने सडक संरचनाको गुणस्तरमा कमि नहोस भन्ने चिन्ताले निरन्तर अनुगमन गरीरहेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !