बुटवलमा कोरोना संक्रमित दुईको मृत्यु

रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत् थप दुइ जनाको मृत्यु भएको हो।लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती सवा ८ बजे र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले उपचारका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए।स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि महिलालाई सोमबार बिहान अस्पताल भर्ना गरिएकोमा साझ मृत्यु भएको गौतमले बताए।पुरुष भने कार्तिक ७ गतेदेखि नै अस्पताल भर्ना भएका थिए। उनलाई ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो।सेतोपाटी बाट
कमेन्ट गर्नुहोस !