बडा दसैँको तेस्रो दिन पनि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी

बडा दसैँको तेस्रो दिन पनि बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी रहेको छ। दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ।विगतको वर्ष जस्तै यस वर्ष टिका लगाउनेको भिड छैन। कोरोनाको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य मापदण्ड पुरा गरि टिका लगाउन आग्रह गरेको हो ।विशेष गरिपरिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ। घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ। सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।यस वर्षको दसैँमा कोरोना जोखिम रहे पनि सामन्य रुपमा टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ।
कमेन्ट गर्नुहोस !