दस जुवाडे नियन्त्रण सहित २९ लाख भन्दा बढी नगद रकम बरामद

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित पक्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं। ४ का नवीन घिमिरे, नेपालगञ्ज वडा नं। १० का टोपबहादुर शाही, नेपालगञ्ज वडा नं। ४ का पब्लु भण्डारी, सोही ठाउँका तरुण गौतम, नेपालगञ्ज वडा नं। ७ का रवीन राणा, नेपालगञ्ज वडा नं। ४ का सन्तोष वली, सोही ठाउँका कृष्णबहादुर सुवेदी र नेपालगञ्ज वडा नं। १ का रहमान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ४ का ४६ वर्षीय कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार बेलुका साढे ८ बजे प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो। उक्त जुवामा छापा मार्न बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैं गएका थिए।

राना नेतृत्वमा वडा प्रहरी कार्यालय र जिल्लाको टोलीले वलीको घरमा छापा हानेर तलासी लिँदा दस जुवाडेसहित २९ लाख ४८ हजार ७ सय रुपैयाँ नगद बरामद भएको रानाले बताए।पक्राउ परेकामध्ये नेपालगञ्ज वडा नं। १ का रहमान मियाँ नेपालगञ्जका व्यापारी हुन्। पक्राउ परेका अन्य प्रायस् सबै व्यापारी तथा जग्गा व्यापारीहरू रहेको प्रहरीले बताएको छ।

बुधबार बेलुका सवा ८ बज्दा नबज्दै प्रहरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ४ स्थित कृष्णप्रसाद वलीको घर घेराउ गरिसकेको थियो।वलीको घरमा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वलीको घर घेर्न पुगेको थियो। जसको नेतृत्व जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफैंले गरेका थिए।

केहीबेरको घेराउपछि प्रहरीले परिचय दिएर ढोका खोल्न आग्रह गर्‍यो। तर, ढोका तत्कालै खोलिएन। केही समय ढिलो गरी ढोका खोलियो।त्यसपछि प्रहरीभित्र प्रवेश गर्‍यो। ‘प्रहरीलाई छक्याउन जुवाडेहरू टिका लगाएको अभिनय गर्दै थिए,’ एसपी रानाले भने, ‘कतिपयले बियर खाइरहेको अवस्था देखिन्थ्यो।’विश्वासिलो सूचनाका आधारमा प्रहरी पुगेको हुँदा उनीहरूको अभिनयलाई हेरेर मात्रै प्रहरी चुप लागेर बसेन। प्रहरीले तलासी लियो।एसपी रानाका अनुसार टीका लगाउने थाली र जमरामुनि लुकाएर राखेका पैसा फेला परे। त्यसपछि कति पैसा दराज र उनीहरू बसेकै ठाउँकै आसपासमा कपडामुनि लुकाएको अवस्थामा फेला परेको एसपी रानाले बताए।सेतोपाटी बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close