थप ३ हजार ५१ जना मा कोरोना पुष्टि,१८ को मृत्यु

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख ८५ हजार ९सय ७४ पुगेको छ । अब देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर ३हजार ४ सय ३० जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणपछि मुक्त हुनेको सङ्ख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।यस्तै बितेको २४ घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ५२ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close