विप्लव माओवादीद्वारा अर्घाखाँचीका स्थानीय तहमा सरकार विरुद्ध विरोध प्रदर्शन

विप्लव माओवादीद्वारा अर्घाखाँचीमा सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको छ । आज जिल्लाको मालारानी गाउँपालिका, भुमिकास्थान नगरपालिका र शितगंगा नगरपालिका मा केपी ओली सरकार विरुद्ध विरोध प्रदर्शन गरेको  बताईएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी माहुरिले समग्र राष्ट्रिय योजना बनाएर सम्पूर्ण राज्यसंयन्त्र कोरोना महामारीविरुद्ध परिचालन गर्नुको साटो ओली सरकारले कुनै तयारीबिना लकडाउन गरेर अव्यवस्थित आवागमनले कोरोना नियन्त्रणभन्दा दिन–प्रतिदिन बढ्दै गएको बताउनुभएको हो ।

कोरोनाको उच्च जोखिम रहेको समयमा सरकारमा सलग्न प्रतिनिधिहरुले दिनाहु दिन भ्रष्टाचार गरेर जनताले आफ्नो उपचार गनु पर्ने माध्यता भनेको वर्तमान सरकार जनता प्रती उतरदायित्व नभएको ले जनताको पक्षमा आफुहरूले सशक्त आन्दोलन गर्न कार्यक्रममा बताईएको थियो ।कार्यक्रममा अखिल त्रान्तिकारिका अध्यक्ष नवीन खड्काले कोरोना को नाममा गरिएको भ्रष्टाचार लाई तदारुकता साथ उठान गर्ने बताउनुभएको हो। यस्तै नेकपा जिल्ला सेक्रेटरी माहुरीले युवाहरुलाई खेलकुद सामग्री वितरण गर्नुभएको हो । यता शितगंगा नगरपालिकामा पनि अखिल क्रान्तिकारी अर्घाखाँचीले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनलाई अखिल क्रान्तिकारी अर्घाखाँचीका नेता प्रेमले सम्बोधन गरेको स्रोतले बताएको छ ।

 

सुभकामना

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close