दलित अधिकारकर्मी अर्घाखाँचीद्वारा लुम्बिनी प्रदेशका ट्राफिक प्रमुख लाई सम्मान

सहयोगी बिसी /सन्धिखर्क ।

संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीे द्वारा लुम्बिनी प्रदेशका ट्राफिक प्रमुख एस पि डम्बर बिश्वकर्मा लाई सन्धिखर्कमा स्वागत तथा सम्मान गरिएको छ ।कार्यक्रम बोल्दै बिश्वकर्माले आफू ट्राफिक प्रमुख लुम्बिनी प्रदेशका भए पछि कोरोनाको जोखिम लगायतका का कारण अर्घाखाँची आउन नपाएको र जिल्लाको पछिल्लो ट्राफिक अवस्था फोन बाट जानकारी लिने गरेको बताउदै पछिल्लो जानकारी बारे थप अनुगमन तथा स्थलगत अवस्था बुझन आएको समयमा आफुलाई सम्मान तथा स्वागत गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।


फरक प्रसंगमा उहाँले प्रहरीको मा आउने हरेक मानिस फुल को गुच्छा बोकेर होइन। आँसु र दुख पीडा बोकेर आउँछ। त्यस्तो पीडामा न्याय प्रदान गर्ने पहिलो राज्यको निकाय र भुमिका मा रहेको बताउनुभएको छ । यस्तै अर्घाखाँची प्रहरी प्रमुख माधब बुढाथोकिले अर्घाखाँचीमा जिल्लामा भएका हरेक किसिमका अनैतिक क्रियाकलाप अन्त्य गर्ने । त्यस्ता किसिमका अनैतिक कार्य गर्ने जो कै लाई कानुनी दायरामा ल्याउने बताउनु भयो । कार्यक्रम संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीका संयोजक बिष्णु परियारको अध्यक्षता सन्जालका सदस्य राजेन्द्र नेपालीको स्वागत मन्तब्यमा सचिब दिनेश सुनार को संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close