एकै दिन २ हजार भन्दा बढीले कोरोना जिते ,थप २७५३ मा संक्रमण

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा २४ घण्टामा २ हजार ७ सय ५३ जना मा कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै गएको २४ घण्टामा १७ जनाको मृत्युभएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको छ ।
कमेन्ट गर्नुहोस !