क्यानले लियो वित्तीय व्यवस्थापकको अन्तर्वार्ता

नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख वित्तीय व्यवस्थापकको अन्तर्वार्ता लिएको छ ।

क्यानले बुधबार अन्तिम छनोटमा परेका ३ वित्तीय व्यवस्थापकको अन्तर्वार्ता लिएको जनाएको छ ।

वित्तीय व्यवस्थापकका लागि आवेदन परेका ३७ जनाबाट १५ हुँदै अन्तिम चरणमा अन्तर्वार्ताका लागि ३ जना छनोट गरिएको क्यानले जनाएको छ ।

क्यानले यस अघि मुख्य प्रशिक्षक, जनरल म्यानेजर र क्रिकेट म्यानेजरको अन्तर्वार्ता लिएको थियो ।

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो ।

क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।-खेलपाटीबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close