१५ शय्याको अस्पताल बनाउन बाट पाणिनी गाउँपालिका लाई छुटायो

सागर महत /अर्घाखाँची ।
सरकारले सबै स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित आज सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिदै छ । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको पनि बताईएको छ ।जसमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।

यता अर्घाखाँचीका ४ ओटा स्थानीय तहमा पनि अस्पताल बन्ने भएका छन, जसमध्ये शितगंगा नगरपालिका ,मालारानी गाउँपालिका ,छत्रदेव गाउँपालिका,भुमिकास्थान नगरपालिका मा १५ शय्या अस्पताल बन्न लागेका हुन ।अस्पतालको आज उद्घाटन हुदै छ ।तर जिल्लाको पाणिनी गाउँपालिका लाई अस्पताल  बन्न बाट छुटाएको छ पटकपटक गाउँपालिका अध्यक्ष अच्युत गौतमले अस्पताल बनाउन माग गरेकोमा सम्बन्धीत निकायले ध्यान नदिएको उहाँको बनाई छ । पालिका अध्यक्ष गौतमका अनुसार हाम्रो स्थानीय सरकारको बजेटले अस्पताल बनाउन रकमको अभाव भयो ।पटक पटक केन्द्र सरकार ,प्रदेश सरकार लाई यस विषयमा उठान गर्दा समेत ध्यान नदिएको उहाँको भनाई छ ।यति बेला जिल्लाका टोल टोलमा यो विषयले चर्चा पाएको छ ।अस्पताल बन्छ ।भनेर आशा राखेका गाउँपालिका बासी निराश भएका छन ।सदरमुकामको सन्धिखर्क नगरपालिकामा भने हाल १५ शय्याको जिल्ला अस्पताल छ त्यसको अब स्तर बृद्वी गरेर ५०शय्याको जिल्ला अस्पताल बनाइदै छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close