सूपा देउरालीमा पर्यटकको भीड, संक्रमण न्यूनिकरणमा ध्यान दिइएन

सागर महत /अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका खाँचीकोट र शितगंगा नगरपालिकाको सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको मन्दिरमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोट र शितगंगा नगरपालिकाको वडा नम्बर २ को सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर जिल्लाको मुख्य पर्यटकका रुपमा चिनिन्छ ।कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण करिव ८ महिना मन्दिर बन्द रह्यो ।मन्दिर खुलेसँगै पर्यटकहरूको चहलपहल बढेपछि कोरोनाको जोखिम बढेको भन्दै हाललाई मन्दिरको मुल ढोका पुनः बन्द गरिएको मन्दिर व्यवस्थापन समितिकमा अध्यक्ष प्रितम थापा बताउनुहुन्छ ।
यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ । मन्दिरको भेटीबाट खाँचीकोटको आदर्श माविका ६ जना र शितापुरको शान्ति निमाविका ४ जना शिक्षक राखिएको छ भने अन्य विकास निर्माण कार्यमा पनि मन्दिरले खर्च गर्दै आएको छ ।कपिलवस्तु, दाङ, प्युठान, पाल्पा ,गुल्मी, रुपन्देही लगायत भारतवाट समेत सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् ।यस वर्ष कोरोनाको जोखिम रहेकाले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पुजा आजामा रोक लगाए पनि मन्दिरको ढोका बाहिरैबाट हजारौ पर्यटकले दर्शन गरेको पाईन्छ ।
मन्दिर ब्यवस्थापन समितिले पनि बाहिर मान्छे खटाएर बोली चढाए बापतकोे रकम भक्तजनबाट लिने गर्छन् ।यता प्रमुख जिल्ला अधिकारी विष्णु पौड्लले भने मन्दिरमा मुख्यत बोली चढाउन र बिहानको १ घण्टाको नित्य कर्म गर्नको लागि खुलाइएको बताउनुहुन्छ ।कोरोनाको जोखिमले मन्दिरमा पुजा पाठ रोकिएपछि आफ्नो दैनिकी चलाउन गाह्रो भएका ब्यवसायी भने विगत १५ दिन यताको आन्तरिक पर्यटकको चलपहलले यस क्षेत्रमा रहेका करिव ५ सय व्यवसायी खुशी छन् ।उनीहरु केहि महिना पसल बन्द गरेर बसेका थिए । एकातिर विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकले मन्दिरभित्रै गएर दर्शन गर्न नपाउनु र अर्कोतिर दिनप्रतिदिन बढ्दै गएको पर्यटकको संख्यालाई ब्यवस्थापन गर्न नसक्दा कोरोनाको उच्च जोखिम हुनु ।
जसका कारण भर्खर मात्र चलायमान भएको पर्यटन क्षेत्र कमजोर हुने हो की भन्ने देखिएको छ । यसमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।
कमेन्ट गर्नुहोस !