नारायणकाजी श्रेष्ठ दुई करोड रुपैयाँ लेनदेनमा मुछिए

सबैको सन्देश /काठमाण्डौ।
कोरोना भाइरसको संक्रमणका बाट नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको हो ।लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । जसमा दुई करोड रुपैयाँ लेनदेनको विषयको भिडियो तथा अडियो क्लिपमा विभिन्न मिडिया र सामाजिक संजालमा यस विषयले गएराति देखि चर्चा पाएको छ ।श्रेष्ठले आफुले पाएको तलब भत्ता गरिब दुखी लाई वितरण गदै आएको त्यो देखाउनको लागि मात्र भएको भन्दै सामाजिक संजालमा कडा आलोचना भएको छ ।करोडको भित्र भित्र लेनदेन गर्नेले बाहिर हजार देखाउने जस्ता कुराले यति बेला सामाजिक संजालमा चर्चा पनि भएको छ ।
पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी कुरा बाहिर आएको हो ।तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन। यस्तै श्रेष्ठले बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु ।
कमेन्ट गर्नुहोस !