सरकार भ्रष्टाचारको संमरक्षणमा लाग्योः भुसाल

प्रेमनाराण आचार्य /सन्धिखर्क।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले बर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनु भयो । युवाहरुलाई रोजगार दिने कुरा तर्फनलागी कमिसनको खेलमा यो सरकार लागि रहेको बताउनु भयो ।
देशमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रनै समाप्त पर्ने खेलमा बर्तमान कम्युनिष्ट सरकार लागेपछि कांग्रेस आन्दोलनमा उत्रनु परेको बताउनु भयो । उहाँले जनताको बलीदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न सरकार बिरुद्ध कांग्रेस सडकमा आएको बताउनु भयो ।
नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्कमा गरेको बिरोध प्रदर्शनमा बोल्दै नेतृ भुसालले बर्तमान सरकारले गणतनत्र माथीनै अंकुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । आज जनता मुल्यबृद्धि,महंगी र बेरोजगारीबाट आक्रान्त भएको छ । देश आर्थिक संकटमा फसेको छ । तर सरकार बालुवाटारमा बसेर मुरली बजाएर सुती राखेको छ नेतृ भुसालको आरोप छ । बिरोध सभामा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, लुम्विनी प्रदेसका संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेसका पुर्व सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्दै बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका थिए । कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल (मुस्कान)को सभापतित्व, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !