सन् २०२१ को पहिलो दिन संसारभर तीन लाख ७१ हजारभन्दा धेरै शिशु जन्मिए

काठमाण्डाै – नयाँ वर्ष सन् २०२१ को पहिलो दिन हिजो संसारभरि तीन लाख ७१ हजार पाँच सय चार जना शिशु जन्मिएको यूनिसेफले जनाएको छ ।ठूलो संख्यामा जन्मिएका नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएकोमा रोमाञ्चित बनाएको यूनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०२० सबैका लागि चुनौतिपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो ।

नयाँ वर्षमा समस्याहरु व्यवस्थापन हुँदै अवस्था सहजतातर्फ जाने यूनिसेफले विश्वास लिएको छ । विश्वभर दुर शिक्षा, विद्यालय सञ्चालन, सफा खानेपानी, पोसिलो खाद्य पदार्थ लगायतका बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको यूनिसेफले सन् २०२० मा कोरोनाविरुद्ध लड्नका लागि पनि आवश्यक सहयोगमा जोड दिएको थियो ।

यूनिसेफले सन् २०२१ मा संसारभरि अनुमानित १४ करोड शिशु जन्मने आँकलन गरेको छ । यूनिसेफको प्रतिवेदनअनुसार जनवरी १ मा सबैभन्दा धेरै भारतमा करिब ६० हजार, चीनमा ३५ हजार ६१५ र नाइजेरियामा २१ हजार ४३९  शिशुको जन्म भएकाे छ ।

भारत, चीन, नाइजेरिया, पाकिस्तान, इन्डोनेसिया, इथियोपिया, अमेरिकालगायतका १० देश धेरै शिशु जन्माउने देशको सूचीमा परेका छन् । सन् २०२० काे जनवरी १ मा भने संसारभरि तीन लाख ८६ हजार शिशुकाे जन्म भएकाे थियाे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close